यहाँ तपाईंले एच आई भीको बारेमा आधारभूत जानकारी पाउन सक्नुहुन्छ, जस्तै एच आई भीको बारेमा ज्ञान लगायत, एच आइ भी परीक्षण, एच आइ भी परीक्षण सेवा उपलब्ध गराउने स्वास्थ्य केन्द्रहरु, आदि।

वेबसाइट बनाउनका लागि एड्स नीति अनुसन्धान परियोजना (AIDS Policy Research Project), सातोशी शियोनो अनुसंधान समूहको अनुसन्धान अनुदानद्वारा वित्त पोषित भएको थियो।

वेबसाइटको बहुभाषीकरणका लागि एड्स नीति अनुसन्धान परियोजना, चुतोमु किताजिमा अनुसन्धान समूहको अनुसन्धान अनुदानद्वारा वित्त पोषित भएको थियो।

यस वेबसाइट र्‍युक्युस विश्वविद्यालय अस्पताल (University of the Ryukyus Hospital) को आन्तरिक चिकित्साको पहिलो विभागद्वारा संचालित छ।

 

एच आइ भी परीक्षणको प्रक्रिया 

सामान्यतया एच आइ भी परीक्षण दुई किसिमले गर्न सकिन्छ, स्क्रीनिंग टेस्ट र कन्फर्मेटरी टेस्ट।

 एच आइ भी परीक्षण गर्दा सुरुमा "स्क्रीनिंग टेस्ट" गरिन्छ। यदि प्रारम्भिक परीक्षणको नतिजा नेगेटिभ छ भने, यसको मतलब एच आइ भी स्क्रीनिंग-टेस्ट नेगेटिभ छ।

यदि परीक्षणको नतिजा पोजिटिभ छ भने पनि तपाईं संक्रमित नभएको सम्भावना हुनसक्छ (जसलाई गलत-पोजिटिभ भनिन्छ), त्यसैले परिणाम निश्चित गर्न तपाईंले कन्फर्मेटरी टेस्ट गर्नुपर्छ।

यदि कन्फर्मेटरी टेस्ट पोजिटिभ छ भने यसको मतलब तपाईंलाई एच आइ भी संक्रमण छ।


एच आइ भी परीक्षण सेवा उपलब्ध गराउने स्वास्थ्य केन्द्रहरुको सूची


एडभेन्टिष्ट मेडिकल सेन्टर 

अंग्रेजी / चिनियाँ भाषा उपलब्ध

फोन: ०९८-९४६-२८३३

परीक्षणको लागि आरक्षण (योयाकु) गर्ने समय आइतवार देखि बिहिबार दिउँसो

८६८ कोची, निशिहारा, ओकिनावा केन, ९०३-०२०१ जापान

https://www.amc.gr.jp/blogs/info/info_cat2/3663/

चुबु तोकुशुकाइ हस्पिटल

एस एच (यौन स्वास्थ्य) बहिरङ्ग सेवा (अंग्रेजी भाषा उपलब्ध) 

फोन: ०९८-९२३-१०९२

परीक्षणको लागि आरक्षण (योयाकु) गर्ने समय शुक्रबार बिहान मात्र

८०१ हिगा, कितानाकागुसुकु-सोन, नाकागमी-गुन, ओकिनावा केन, ९०१-२३९३ जापान

http://www.cyutoku.or.jp/service/sh/


नाशिरोहारुन क्लिनिक

(जापानी भाषा मात्र)

 

फोन: ०९८-८७७-७७७७

परीक्षणको लागि आरक्षण (योयाकु) गर्ने समय बिहीबार, आइतवार, र सार्वजनिक बिदाहरू बाहेक अन्य दिन

३-३४-२ याफुसो, उरासोए ९०१-२१२७ मेडिकल प्लाजा तारो तेस्रो तल्ला, ओकिनावा केन, ९०१-२१२७ जापान

 

https://www.nashiroharn.jp/venereal_disease/

ओमोरोमाची क्लिनिक

(जापानी भाषा मात्र)

फोन: ०९८-८६८-२१०५

परीक्षणको लागि आरक्षण (योयाकु) गर्ने समय:

सोमबार / बुधवार ९:३० - ११:०० 

मंगलबार १४:३० - १६:०० 

बिहीबार / शुक्रवार ९:३० - ११:००, १४:३० - १६:००

४-६-२० ओमोरोमाची, नाहा, ओकिनावा केन, ९००-०००६ जापान

 

https://omoromachi.tjmc.or.jp/outpatient/hiv/



Naka अस्पताल

जापानी भाषामा मात्र)

टेलिफोन:098-956-1161

परीक्षण मिति:बुधबार(14:00 - 16:00)/शुक्रबार(9:00 - 11:00)

258 Aza Kadena, Kadena Town, जीप कोड: 904-0203

https://nakahp.com/



〜 परीक्षण शुल्क 〜

 

・सामान्यतया तपाईंले एच आइ भी स्क्रीनिंग टेस्टको लागि पैसा तिर्नुपर्छ (यो बीमाले ढाक्दैन)।

・यदि तपाईंसँग एच आई भी-सम्बन्धित केहि लक्षणहरू छन् वा यौनरोग लागेको शंका छ भने, परीक्षण शुल्क बीमाले ढाक्न सक्छ (यदि तपाईंसँग जापानी स्वास्थ्य बीमा छ भने)।

・स्वास्थ्य बीमा बिना परीक्षण शुल्क: ६००० येन देखि १३००० येन (स्वास्थ्य केन्द्र अनुसार फरक हुन्छ)

बीमा सहित परीक्षण शुल्क: २००० येन देखि ३००० येन (स्वास्थ्य केन्द्र अनुसार फरक हुन्छ)

 

・एच आई भी-नेगेटिभ नतिजा प्रमाणपत्र जारी गर्नका लागि कृपया स्वास्थ्य केन्द्रको परामर्श लिनुहोस्।

〜 स्वास्थ्य केन्द्र जानुअघि निर्देशनहरू 〜

 

तपाईंको छनौटको अस्पताल जानुअघि कृपया सो अस्पताललाई फोन गरी अपोइन्टमेन्ट लिनुहोस्।

・एडभेन्टिष्ट मेडिकल सेन्टर र चुबु तोकुशुकाइ हस्पिटलमा अंग्रेजी भाषामा सेवा उपलब्ध छ (प्रभारी व्यक्ति उपलब्ध नहुन सक्छ)।

・यदि तपाईंलाई जापानीज भाषा आउँदैन भने, हामी तपाईंलाई एक परिचरसँग स्वास्थ्य केन्द्र जान अनुरोध गर्छौं (नाशिरोहारुन क्लिनिकमा विदेशी भाषामा परामर्श उपलब्ध छैन)।

・इच्छुकका लागि अनलाइन मेडिकल स्पष्टीकरण सेवा पनि उपलब्ध छ।

・यदि तपाईं यो सेवा प्रयोग गर्न चाहनुहुन्छ भने, होमपेजमा सोधपुछ फारम प्रयोग गरेर आरक्षण गर्नुहोस्।

* कृपया याद गर्नुहोस् कि केहि भाषाहरूमा सेवा उपलब्ध नहुन सक्छन्।